नेपालकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौं, ५ चैत्र : नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् ।

पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई हराएकी थिइन् ।

पलेसा ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेकी छिन् । यसअघि संगिना वैद्य र दिपक विष्टले ओलम्पिक खेलेका थिए । पलेसाले यसअघि चीनको हानचाउमा भएको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस