अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर

काठमाडौं, ३० जेष्ठ : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी दोषी ठहरिएका हुन् ।

डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको छ । बहालवाला अमेरिकी राष्ट्रपतिको छोरा दोषी ठहरिएको यो घटना पहिलो रहेको बीबीसीले जनाएको छ ।

ह्यान्ड गन खरिद गर्दा बाइडनले भरेको फारममा उनले आफू लागूऔषधको दुर्व्यसनी रहेको कुरा लुकाएका थिए । हन्टरलाई सङ्घीय बन्दुक कानुनअन्तर्गत अधिकतम २५ वर्षसम्मको जेल सजाय र साढे सात लाख अमेरिकी डलरसम्मको जरिबाना हुनसक्ने बताइएको छ ।

अदालतले हन्टरविरुद्धको मुद्दामा मध्य अक्टोबरतिर सजाय तोक्ने छ । तर उनले उच्च अदालतमा पुनरावेदन गर्ने जनाइएको छ । राष्ट्रपति बाइडेनले आफ्नो छोराविरुद्धको मुद्दामा कुनै बाधा नपुर्‍याउने र अदालतको निर्णयलाई सम्मान गर्ने बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने