प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, ३१ जेठ : आज पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ । प्रतिनिधिसभामा जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल शुरु भएको हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस