बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई एमालेको ह्वीप

काठमाडौं, ११ असार : नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसद्हरुलाई ह्वीप जारी गरेको छ । बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरिएको पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बताउनुभयो ।

बैठकमा बजेटलाई निर्णयार्थ पेस गर्ने तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न यसअघि नै आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरिसकेको छ भने नेपाली काँग्रेसले पनि आफ्ना सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस