विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार कोरोना संक्रमित

काठमाडौं, १ असार :

विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २० लाख ९३ हजार ८४८ जना संक्रमित फेला परेका छन् ।  त्यहाँ हालसम्म एक लाख १५ हजार ७३० जना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालको दक्षिणी छिमेकी देश भारतमा तीन लाख २० हजार ९२२ जना संक्रमित भेटिएका छन् भने नौ हजार १९५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर भेटिएका करिब ४१ लाख संक्रमितहरू उपचारपछि निको भइसकेका छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’