एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु

काठमाडौं, १८ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेजमा छलफल शुरु भएको छ । काठमाण्डौमा चलिरहेको महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफलपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने उहाँको भनाई छ । त्यसअघि हिजो महाधिवेशन सञ्चालनमा सहजीकरण तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिइ एकीकृत दस्तावेज बनाएर पारित गराउने जिम्मेवारीसहित सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । अस्ति आइतवारदेखि शुरु भएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस