७७ वटै जिल्लाका प्रजिअहरुलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं, २१ असार : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रालयले जिल्ला नछाड्न निर्देशन दिएको छ । मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । विपदको बेला उद्धार तथा राहत गर्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने कारणले गर्दा अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

भर्चुअल माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका अधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएपछि यस्तो निर्देशन दिइएको हो । छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको बताउनुभयो । पालिकाहरुसँग समन्वय गर्दै तयार भएर बस्न उहाँले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको हो ।

अबका तीन दिन मनसुन सक्रिय हुने हुँदा ३० जिल्लाहरु रेड जोनमा परेका छन् । उद्धारका लागि आवश्यक पर्ने स्रोत साधन चुस्त दुरुस्त राख्न र विपदमा पीडित परिवारसम्म पुग्न पनि गृहसचिव अर्यालले निर्देशन दिनुभएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी