एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं, २४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक मंगलबार बस्ने भएको छ । बैठक असार २५ गते मंगलबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस