सुनको भाउ एक सय रुपैयाँले घट्यो

काठमाडौं, १५ साउन : आज सुनको भाउ तोलाको एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ४६ हजार एक सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस