स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड, एथ्लेटिक क्लव र बार्सिलोना विजयी

Atlético de Madrid - Valencia CF

काठमाडौं, ३१ भदौ : स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको हो । एथ्लेटिको मड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रिजम्यान र जुलियन अल्भारेजले समान १ गोल गरे । भ्यालेन्सियाले कुनै पनि गोल फर्काउन सकेन ।

जितसँगै एथ्लेटिको मड्रिड ५ खेलमा ११ अङ्कसहित दोस्रो स्थानमा छ । भ्यालेन्सिया पुछारमा छ । यसअघि हिजो भएको खेलमा एथ्लेटिक क्लवले लस पाल्मसलाई ३–२ ले पराजित गरेको छ । एथ्लेटिक क्लव ५ खेलमा ७ अङ्कसहित आठौँ स्थानमा र समान खेलमा २ अङ्क रहेको लस पाल्मस १९ स्थानमा छ । हिजैको अर्को खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ४–१ ले हराएको थियो ।

बार्सिलोनाको जितका लागि लामिन यमलले २ तथा डानी ओल्मो र पेड्रीले समान १ गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरे । जितसँगै बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ । जिरोना समान खेलमा ७ अङ्क जोड्दै सातौँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस