प्रिमियर लिगका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं, ३ असार :

कोरोना भाइरसको महामारी पछि रोकिएको इंग्लीश प्रिमियर लिग फुटबलका खेलहरु आजबाट सुचारु हुँदैछन् । गत मार्चबाट रोकिएको प्रिमियर लिगका खेलहरु आज रातिबाट दर्शक बिनाको रंगशालामा हुनेछ ।

पहिलो खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाईटेडसँग खेल्दा दोस्रो खेलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी र आर्सनल भिड्नेछन् । प्रिमियर लिगको जारी सिजनमा कुल ९२ खेल हुन बाँकी छ ।

लिगमा २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल उपाधिभन्दा दुई जित मात्रै टाढा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यो सिजनका प्रिमियर लिगका खेलहरु जुलाई २६ तारिखमा सकाईनेछ । एजेन्सी

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक