नेपाली काँग्रेस संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, १५ असोज : नेपाली काँग्रेस संसदीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, विपद्, राहत, उद्धार लगायतका बारेमा छलफल हुनेछ ।

हिजो बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीका सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । त्यसबाहेक बैठकमा सरकारले विपद्को बेलामा गरेको कामका बारेमा पनि समीक्षा गर्ने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस