क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपालको जीत

काठमाडौं, २० असोज : क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७ रनको लक्ष्य पछ्याएको हाइप्रोफमेन्स ४५ ओभर ३ बलमा एक सय ५६ रनमा अलआउट भयो । नेपालका गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा एक सय ७६ रनमा अलआउट भएको थियो । सोमपाल कामीले सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले २७ तथा अनिल कुमार साहले २५ रन जोडे । यो जीतसँगै तीन खेलको अभ्यास खेल एक/एकको बराबरी भएको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि मङगलवार हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस