साफ महिला च्याम्पियनशिपमा भारत र बङ्गलादेश खेल्दै

काठमाडौं, ७ कार्तिक : साफ महिला च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का भारत र बङ्गलादेश खेल्दैछन् । यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले हराएको थियो ।

यस्तै बङ्गलादेशले पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । भारत १ खेलमा ३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस