सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

काठमाडौं, १३ मंसिर : सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरकारले सुनको भन्सार दर घटाएसँगै घट्न थालेको सुनको भाउ हिजो भने सामान्य बढेको थियो । हिजो सुनकाे भाउ नाै सयले बढेर ताेलाकाे एक लाख ४९ हजार ६ सय रुपैयाँ पुगेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीकाे भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस