एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २३ मंसिर : आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यसैगरि दिउँसो साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस