एनपीएल : जनकपुरकाे अपराजित यात्रा टुङ्गियाे, सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाडौं, २६ मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ । आज भएकाे खेलमा जनकपुर सुदूरपश्चिम राेयल्सँग ७२ रनले पराजित भयाे । सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे ।

यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे । जनकपुरका जाेशुआ ट्राेम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २/२ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिम राेयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ३३ रन बनाए ।

जनकपुर बाेल्ट्सका किशाेर महताेले ४ विकेट लिए । यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे काठमाण्डाै गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस