काभा भलिबल क्लब च्याम्पियनशिप : उपाधिका लागि हेल्प नेपाल र भारतको क्यालिकटले खेल्ने

काठमाडौं, २९ मंसिर : काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपकाे उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्ने भएका छन् । हिजो भएको सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो ।

हेल्प नेपालले पहिलाे सेट २५-१६, दाेस्राे सेट २५-१८ र तेस्राे सेट २५-२१ ले जित्याे । त्यसअघि इरानको १८ वर्षमुनिको टोलीलाई ३–१ ले हराउँदै क्यालिकट च्याम्पियनशिपको फाइनलमा पुगेको थियो । इरानकाे युवा टाेलीले पहिलाे सेट २५–२१ ले जित्याे । क्यालिकट हिराेजले दाेस्राे सेट २५–२२, तेस्राे सेट २५–२० र चाैथाे सेट २६–२४ ले जित्याे । फाइनल खेल आज दिउँसो साढे ४ बजे त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस