इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुल र फुलह्यामले २–२ गोलको बराबरी खेले

काठमाडौं, ३० मंसिर : इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को शीर्ष स्थानमा रहेको लिभरपुलले फुलह्यामसँग २–२ गोलको बराबरी खेलेको छ । लिभरपुलले आफ्नो अघिल्लो खेलमा पनि न्युक्यासलसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

यस्तै गएराति नै भएको अर्को खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको अर्सनलले एभर्टनसँग गोल रहित बराबरी खेलेको छ । ईपीएल अन्तर्गत गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्टले एस्टल भिल्लालाई २–१ गोलले पराजित गर्‍याे। यस्तै इप्सविच टाउनले उल्भ्स्लाई पनि २–१ गोलले नै पराजित गरेको छ ।

अर्को खेलमा न्युक्यासलले लेस्टर सिटीलाई ४–० गोलले पराजित गर्‍याे। ईपीएलको लिग तालिकामा ३६ अङ्क सहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३१ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस