यु-१९ महिला क्रिकेटमा आज नेपाल भारतसँग खेल्दै

काठमाडौं, २ पुस : मलेसियामा जारी एसीसी अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ११.४५ बजेदेखि शुरु हुनेछ । क्वालालम्पुरको बायुमास ओभल मैदानमा हुने यो खेलको विजेताले समुह विजेताको टुंगो लगाउनेछ । समुहमा भारत र नेपालले समान एक एक खेल जितेका छन् ।

पाकिस्तानलाई हराउँदै २-२ अंक जोडेका नेपाल र भारत सुपर फोरमा प्रवेश गरिसकेका छन् । अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटको समुह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान रहेका छन् भने समुह ‘बि’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् ।

दुवै समुहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा फेरि चार टोलीबिच लिग म्याच हुनेछ । राउण्ड रोबिन आधारमा हुने सुपर फोरका शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी