एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने

काठमाडौं, ४ पुस : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ ।

यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो ।

खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा