प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी

काठमाडौं, १३ पुस : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई हराएकाे छ ।

आज बिहान इमिरेट्स रङ्गशालामा भएकाे खेलमा आर्सनलले इप्सविचलाई १–० गाेलले हरायाे । आर्सनलका काई हाभाट्जले खेलकाे २३औं मिनेटमा गाेल गरे । याे जीतसँगै आर्सनल १८ खेलमा ३६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । इप्सविच टाउन १८ खेलमा १२ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ ।

आज बिहानै भएकाे अर्काे खेलमा ब्राइटन र ब्रेन्टफाेर्डले गाेलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टाेलीले १/१ अङ्क बाँडेका छन् । ब्राइटन १८ खेलमा २६ अङ्कसहित तालिकाकाे १०औं स्थानमा छ । ब्रेन्टफाेर्ड १८ खेलमा २४ अङ्कसहित ११औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस