शेयर बजारमा ४९ अंकको वृद्धि

काठमाडौं, २२ पुस : शेयर बजारमा सोमबार उच्च अंकको वृद्धि आएको छ । बजार परिसूचक नेप्से ४९ अंकले बढ्दै २६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । नेप्सेसंगै सोमबार कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक बढ्दा जलविद्युत उपसमूह सर्वाधिक साढे ३ प्रतिशतले बढेको छ । यस्तै, लगानी उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेका छन् ।

बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर उपकार लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सोमबार ३१२ वटा स्टकको एक करोड ५४ लाख ६१ हजार कित्ता शेयर ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँ बराबरमा खदिर विक्री भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक २९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस