च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा

काठमाडौं, २९ पुस : अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । कमिन्सले व्यक्तिगत कारणले जनवरी र फेब्रुअरीमा श्रीलङ्कामा हुने टेस्ट शृङ्खला गुमाउने भए पनि फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुने एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन् ।

टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश छन् । अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो। नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ । अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यो च्याम्पियन्स ट्रफी मुख्य रूपमा पाकिस्तानमा आयोजना हुनेछ भने भारतसँगको खेलहरू राजनीतिक कारणले संयुक्त अरब इमिरेट्समा खेलाइने छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस