काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौं, ३ माघ : नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक चलिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुरु भएको बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी भएका छन् ।

बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कामको समीक्षा र प्रभावकारी काम गर्न पार्टी सपभाति देउवाले निर्देशन दिने बताइएको छ । बैठकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई बोलाइएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने