सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौं, ८ माघ : सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ५७ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने