चिसो र शीतलहरका कारण जनकपुरसहित मधेशको जनजीवन प्रभावित

काठमाडौं, ११ माघ : विगत तीन दिन यता बढेको अत्याधिक चिसो र शीतलहरका कारण जनकपुरधामसहित मधेशको जनजीवन प्रभावित बनेको छ ।

गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेशमा अत्याधिक चिसो महशुस गरिएको हो । विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शीतलहर र शितको वर्षा पनि भइरहेको छ ।

अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेशको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ ।

स्थानीय आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शीतलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस