सभापति कप फुटबलको उपाधिका लागि आज सङ्कटा र बाग्मती प्रदेश खेल्दै

काठमाडौं,, १७ माघ : नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि बेलुका साढे ५ बजे सङ्कटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय र दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस