पहाडी भेगमा आंशिक बदली र तराईमा हुस्सु कायमै

काठमाडौं, १७ माघ : काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि आंशिक बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा केही दिनदेखि बदली भइरहेको हो । राम्रोसँग घाम नलाग्दा बिहान र बेलुका चिसो बढेको छ । तर दिउँसोपख भने गर्मी हुन थालेको छ ।

मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निर्मला रेग्मीले जानकारी दिनुभयो । तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज कोशी र गण्डकीका हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस