काठमाडौं, २० माघ : टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपअन्तर्गत आज फाइनल खेल हुँदैछन् । प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्नेछन् । खेल बिहान ११ बजे हुनेछ ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ दिउँसो १ बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।
यस्तै दोस्रो हुने महिला र पुरुष दुबै टोलीले समान दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।





