पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि शुरू हुँदै

काठमाडौं, २२ माघ : पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि शुरू हुँदैछ । पोखरा रङ्गशालामा  हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा तीन वटा विदेशीसहित १२ टोली सहभागी रहेका आयोजकले जनाएको छ ।

जसमा ‘ए’ डिभिजनका सात क्लब, ‘बी’ डिभिजनको एक, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस