काठमाडौं, २३ माघ : सुनको भाउ आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा रहेको थियो ।
हिजो सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेको थियो । हिजो र आज दुई दिनमा सुनको भाउ तोलामा चार हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ४५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।





