सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो

काठमाडौं, १ फागुन : सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कायम भएको थियो ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि