कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं, ५ फागुन : आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी ठाउँमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै तराईका केही ठाउँहरूमा बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । तराईको हुस्सु दिउँसोपछि हट्दै जाने महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस