इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी

काठमाडौं, १२ फागुन : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले चौथो स्थानको म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।

यस्तै हिजै भएको अर्को खेलमा पाँचौँ स्थानको न्युक्यासलले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई ४–३ गोल अन्तरले हराएको छ । ईपीएलमा ६४ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा ५३ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानको नटिङ्घम फरेस्टको ४७ अङ्क छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस