इजरायलमाथि हमासको जवाफी आक्रमण शुरु

काठमाडौं, ८ चैत्र : इजरायलले गाजामा गरेको आक्रमणको हमासले पनि जवाफी आक्रमण शुरु गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इजरायलले गाजामा पुनः सैन्य आक्रमण शुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो । यद्यपि २ क्षेप्यास्त्र कोही नरहेकोे ठाउँमा खसालेको छ भने एउटा क्षेप्यास्त्रलाई इजरायले रोकेको बताइएको छ । इजरायलले पुनः युद्ध शुरु गरेपछि २ सय भन्दा बढी बालबालिकासहित कम्तीमा ५ सय ९१ प्यालेष्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यता इजरायली सेना आईडीएफले प्यालेस्टाइनी क्षेत्रमा भूमिगत कारवाही शुरु गरिएको जनाएको छ । विगत ३ दिनमा इजरायली आक्रमणमा लगभग ६ सय जनाको मृत्यु भइसको छ भने सर्यौ घाइते भएका छन् । जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरु भएपछि राहत महसुस गरिएकोमा पछिल्लो समय फेरि दुवै मुलुकको स्थिति भयावह बन्दै गएको छ । -एजेन्सी

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस