बासस्थान मासिँदै गएपछि भँगेराको सङ्ख्या वर्षेनि घट्दो

काठमाडौं, ८ चैत्र : तीव्र रूपमा भइरहेको शहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको चराविज्ञहरुको भनाइ छ ।

भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको चराविज्ञ हिरूलाल डगौराले बताउनुभयो । उहाँका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा पनि प्रतिकूल असर पर्छ । विकिरणले मस्तिष्कमा असर गर्दा भँगेरा मर्ने गरेको छ ।

ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ भने खेतबारीमा किसानले विषादीको अत्यधिक प्रयोग गर्दा भँगेराको मर्ने गरेको पाइन्छ । उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस