सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

काठमाडौं, १२ चैत : सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो । यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको भाउ यथावत् छ । आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस