आईपीएल क्रिकेट : आज लखनउ र पन्जाब खेल्दै

काठमाडौं, १९ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको लखनउ २ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

एउटा खेल खेलेको पञ्जाब खेल जितेर २ अङ्कका साथ पाँचौं स्थान छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस