३ काराेबार दिनपछि शेयर बजार घट्याे

काठमाडौं, १९ चैत : लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७७ दशमलव ५५ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन अस्ति आइतवार ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस