जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ : प्रधानमन्त्री

तस्वीर : रासस

काठमाडौं, २६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताउनुभएको छ । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गतिमा रहेकाले दुःखी हुनुभन्दा खुशी मनाउनुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गर्नुभएको थियो ।

आज प्रदेशसभामा सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्बर भूमि रहेको बताउनुभयो । कृषिका लागि उपयुक्त भूमि, जडीबुटीदेखि पानीको अपार स्रोतयुक्त चुरेक्षेत्रलगायत रहेकाले मधेशको सम्भावनालाई उपयोग गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको पनि उल्लेख गर्नुभयाे ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस