विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक

काठमाडौं, २७ चैत : आईसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाण्डौमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् ।

घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् । यस्तै वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र यूएई, वैशाख ५ गते हङकङ र ओमान खेल्ने छन् भने वैशाख ६ गते यूएई र हङकङ प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र यूएई खेल्ने छन् । वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते यूएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच खेल हुने छ । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे शुरू हुने छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस