ब्राजिलका खेलाडी कार्लोसको नेपाल भ्रमण स्थगित

काठमाडौं, ५ वैशाख : ब्राजिलका खेलाडी रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न पूर्व निर्धारित समयमा कार्लोस नेपाल नआउने भएका हुन् । आकस्मिक बिरामीका कारण कार्लोस नेपाल आउन नसक्ने भएका एनएसएलले जनाएको छ ।

उनी भोलि एनएसएलको पहिलो सेमिफाइनलमा प्रमुख अतिथीको रुपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भइरहेको एनएसएलले जनाएको छ । ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने ईच्छासहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले टिकट रद्ध गरेर पैसा फिर्ता लिने वा अर्को तालिकामा कार्लोसलाई हेर्ने विल्कप दिइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस