सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलाकाे एक लाख ९१ हजार रुपैयाँमा कारोबार

काठमाडौं, ८ वैशाख : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस