पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ८ वैशाख : देशभर स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशमा भने मौसम आंशिक बदली रही मुख्यतया सफा रहने छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस