नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमाडौं, ८ वैशाख : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरिएको छ । यस्तै सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

अहिले राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् । यसैगरी एन्फाले पर्फमेन्स एनलिस्टका लागि पनि आवेदन माग गरेको छ । यस पदमा आवेदन दिनका लागि प्रख्यात संस्थाबाट लेभल–वान फुटबलमा फिटनेस कोर्स र डेटा एनालिस्टको प्रमाणपत्र लिएर एक वर्ष काम गरेको हुनुपर्नेछ । दुई वटै पदमा आउँदो मे २० सम्म आवेदन दिन सकिनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस