आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र राजस्थान खेल्दै

काठमाडौं, ११ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुने छ । बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

राजस्थान समान ८ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल ३३ खेल भएकोमा बेङ्गलुरुले १६ र राजस्थानले १४ खेल जितेको छ । तीन वटा खेल अनिर्णित भएका छन् । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस