शेयर बजार सामान्य बढेको दिन १० अर्ब ८७ करोड रुपैयाँको कारोबार

काठमाडौं, १४ वैशाख : हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार ६ सय ६१ दशमलव ६० विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड र व्यापार समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ८४ लाख कित्ता शेयर १० अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक