पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, १८ जेष्ठ : पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे ।

पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो ।

त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा