वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यान्डले जित्यो टी–२० शृङ्खला

काठमाडौं, २६ जेष्ठ : दोश्रो टी–२० खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै एक खेल अगाबै शृङ्खला जितेको छ । वेस्ट इन्डिजले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८ ओभर तीन बलमा छ विकेट गुमाएर भेट्टायो ।

इंग्ल्यान्डका लागि जोस बटलरले ४७, कप्तान हेरि ब्रुकले ३४ तथा बेन डकेट र टम ब्यान्टनले अविजित ३० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई, अकेल होसेन, जेसन होल्डर, रोमारियो शेफर्ड र रोस्टन चेसले समान एक विकेट लिए । त्यसअघि ब्रिस्टोमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा छ विकेट गुमाएर एक सय ९६ रन बनायो ।

वेस्ट इन्डिजका कप्तान साई होपले ४९, जोनसन चार्ल्सले ४७ र रोभभ्यान पावेलले ३४ रन बनाए । इंग्ल्यान्डका लुक वुडले दुई, ब्राइडन कार्स, याकूब बेथेल र आदिल रशीदले समान एक विकेट लिए । यसअघिको पहिलो खेलमा पनि इंग्ल्यिान्डले वेस्ट इन्डिजलाई २१ रनले हराएको थियो । टी–२० शृङ्खलाको तेश्रो तथा अन्तिम खेल भोलि साउथेम्प्टेनमा हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा